Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘धर्म, संस्कृतिको रक्षाका लागि प्राणको आहुति दिन तयार’ (भिडियो)


0
Shares

काठमाडौं, असार १ । धर्म, संस्कृतिको रक्षाका लागि प्राणको आहुति दिन तयार रहेको चेतावनी गुठियार र पुजारीहरुले दिएका छन् ।

नेपाली कांग्रेसले आइतबार गुठी विधेयकविरुद्ध राजधानीमा गरेको विरोधसभाका वक्ताहरुले नेपालको अस्तित्वका लागि गुठी विधेयक खारेज गर्नुपर्ने भन्दै त्यसो नभए एक थोपा रगत बाँकी रहेसम्म धर्म, संस्कृतिको प्रतिरक्षा गर्ने बताए ।

सेतो मच्छिन्द्रनाथका पुजारी नीलकाजी शाक्यले गुठी प्रणाली धर्म, संस्कृतिको प्राण भएको र यसको रक्षाका लागि प्राण दिएर सहिद हुन तयार रहेको बताए ।

कांग्रेस नेता प्रकाशमान सिंहले कम्युनिस्ट सरकारको दिनगन्ती सुरु भइसकेको भन्दै गुठी विधेयक खारेज गर्न संसद र सडकबाट कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले किसानहरुसमेतलाई झुक्याउने गरी विधेयक ल्याइएको आरोप लगाउँदै गुठी विधयक किसानहरुको हितमासमेत नरहेको बताए ।

बुटवलमा सुकुम्बासी बनेर जग्गा हडपेकाहरुले जसरी बालुवाटारको जग्गा पाए, त्यसरी नै गुठी विधेयक पारित गरेर कार्यकर्तालाई गुठीको जग्गा बाँड्ने षडयन्त्र भइरहेको उनले दाबी गरे ।

विरोधसभामा कांग्रेस नेता ध्यानगोविन्द रन्जित, भीमसेनदास प्रधान, राजन केसी, नवीन्द्रराज जोशीलगायतले गुठीको भोज खाएर, गुठीकै घरको छिँडीमा बहाल बसेर नेवारकै घर ज्वाइँ बनेकाहरुले नेपालकै मौलिक पहिचान रहेको गुठी मास्न खोजेको आरोप लगाए ।

‘होली वाइन’को मात लागेर ससुरालीको संस्कार मास्न खोजेको आरोप पनि उनीहरुले लगाएका छन् ।

भिडियो हेर्नुहोस्