
काठमाडौं, भदौ २ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मुत्यु भएको व्यक्तिको शरीरबाट थुक छिटा ननिस्कने तथा हाछ्यु नआउने हुंदा अन्त्येष्टिमा विवाद र मिडियाबाजी नगर्न आग्रह गर्नुभएको छ ।
मृतकका परिवार र आफन्तले मृतकको शव आफ्नो संस्कार अनुसार गर्न पाउने माग र कोरोना संक्रमितलाइ कतिपय परिवारले नै छिछि र दुरदुर गरेकाले शव नै नउठ्ने अवस्थामा मात्र नेपाल सरकारले व्यवस्थापन गरेको दाबी गर्नुभयो ।
गोपनियताको अधिकार कायम गर्न र शब अन्तेष्टिमा खटिएका सबैमा उहाँले सुरक्षाका सबै मापदण्ड पुरा गर्न अनुरोध समेत गर्नुभयो ।
यसका साथै एटिएम पस्दा र निस्कदा स्यानिटाइज प्रयोग गर्न र डिस्इन्फेक्टेड हुन पनि उहाँले आग्रह गर्नुभयो ।
यदि संक्रमणको संका लागे र भइहाले पनि होम आइसोलेसनमा बस्न र बिदेशका धेरै अध्ययनहरुले पनि अस्पतालको तुलनामा होम आइसोलेसनमा बस्दा बढि सुरक्षित भएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्