बाँकेका कोरोना संक्रमित पुरुषको मृत्यु • Image Khabar Image Khabar


बाँकेका कोरोना संक्रमित पुरुषको मृत्यु


Imagekhabar
२ भाद्र २०७७, मंगलवार ०८:४५

बाँकेका कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उहाँ साउन ३२ गते मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । हिजो दिउँसो उहाँको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

हिजो नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । देशभर कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्