काठमाडौं, असार १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी रुपमा जागरण अभियान सुरु गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले धेरै महत्वपूर्ण र प्रभावकारी कार्य गरेको भन्दै ती कार्य जनस्तर र कार्यकर्तासमक्ष सञ्चार गराउन नेकपाले जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीले केन्द्रदेखि गाउँसम्म जागरण अभियान सञ्चालन गर्ने बताए । –राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्