Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सरकारले जनताको अगाडि घुँडा टेक्नैपर्छ’


0
Shares

काठमाडौं, जेठ ३२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले गुठी विधेयक ल्याएर परम्परागत संस्कृति ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पुर्खाले सुम्पेको संस्कृति जोगाउनका लागि विधेयकको विरोधमा सडक संघर्षमा उत्रन आह्वान गरे ।

उनले गौरवमय संस्कृति र पहिचान समाप्त गर्न ल्याइएको विधेयक फिर्ता नलिए कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए ।

नेता सिंहले सरकारले गुठी विधेयकको विरोधमा सडकमा उत्रिएका जनताको अगाडि घुँडा टेक्नैपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका अर्का नेता नवीन्द्रराज जोशीले सरकार नागरिक स्वतन्त्रतामाथि आक्रमक शैलीमा प्रस्तुत् भएको भन्दै अब कला र संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।