 
	    काठमाडौं, साउन ३० । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित जानुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरमा उहाँसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएको हो ।
प्राप्त विवरणअनुसार पहिरामा परी केही व्यक्तिको मृत्यु भएको छ भने ३३ भन्दा बढी बेपत्ता छन् ।
त्यहाँका ३६ घर पहिरामा परेको बताइएको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिराग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्कनुभएको थियो ।
त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्