Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


विकास खर्चको साढे ६ करोडबाट ११ वटा गाडी किनिँदै


0
Shares

काठमाडौं, जेठ ३२ । विकास खर्च शीर्षकमै सरकारले दिएको थप साढे ६ करोड रुपैयाँले संसदले ११ वटा गाडी खरिद गर्दैछ ।

संसद सचिवालयले संसदीय समिति सभापतिहरुका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो ।

११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद १ असारमा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको छ ।

जब कि एक महिना अघिमात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो । अहिले संघीय संसदमा ९२ गाडी छन् । –नयाँ पत्रिका दैनिकबाट