‘ए’ लेभलका विद्यार्थीहरुद्वारा काठमाडौंमा प्रदर्शन • Image Khabar Image Khabar


‘ए’ लेभलका विद्यार्थीहरुद्वारा काठमाडौंमा प्रदर्शन


Imagekhabar
३० श्रावण २०७७, शुक्रबार १५:०२

student

काठमाडौं, साउन ३० । क्याम्ब्रिज विश्वविद्यालयले ‘ए’ लेभल कोर्षमा पठाएको नतिजा फरक परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

कलेजले पठाएकोभन्दा कम अंक प्रदान गरेको भन्दै शुक्रबार काठमाडौंस्थित ब्रिटिस काउन्सिलअगाडि विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

कोभिड–१९ का कारण परीक्षा लिन सम्भव नभएपछि विश्वविद्यालयले शिक्षकले गरेको मूल्यांकनको आधारमा ‘ग्रेड’वृद्धि गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुुसार नेपालका ‘ए’ लेभल कोर्ष पढाउने कलेजहरुले विद्यार्थीको मूल्यांकन गरी पठाएका थिए ।

तर, विश्वविद्यालयले पठाएको नतिजा र कलेजले पठाएको प्राप्तांक फरक भएको भन्दै विद्यार्थीहरुले नतिजा पुनरावलोकनको माग गरेका छन् ।

नेपालमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘ए’ लेभल कोर्षको परीक्षा सञ्चालन, तालिम सञ्चालन तथा अनुगमन बिट्रिस काउन्सिलले गर्दै आएको छ ।

नेपालमा पाँच हजारको हाराहारीमा ‘ए’ लेभलमा अध्ययनरत् विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्