सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन • Image Khabar Image Khabar


सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन


Imagekhabar
३० श्रावण २०७७, शुक्रबार ११:३६

सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन

सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा कम्तिमा ३८ जना पुरिएर वेपत्ता भएको अनुमान छ ।

घटनास्थल पुुगेका सभामुख अग्नीप्रसाद सापकोटासंगै गएका एक सुरक्षाकर्मीले बताए अनुसार केही शवहरुको अंश बाहिर देखिए पनि उद्धार गर्न सकिएको छैन ।

सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन

नेपाली सेनाका १४ जना घटनास्थल पुगिसकेका छन् । प्रहरी भने अव आधा घण्टामा पुग्ने जानकारी प्राप्त भएको छ ।

मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न कठिन भएकाले उद्धारमा ढिलाई भएको जानकारी प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दिनुभयो ।

सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन

सभामुख सापकोटाले लिएर गएको सेनाको हेलिकोप्टरले ४ जना घाइते सदरमुकाम चौतारा ल्याएको छ । उनीहरुको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन

विकट बस्ती भएकाले पैदलबाट छिटो पुग्न नसकिने भएकाले हेलिकोप्टर बाहेक उद्धार सम्भव नभएको स्थानीय प्रशासनले जनाएको छ ।

सिन्धुपाल्चोक पहिरो: सभामुख घटनास्थलमा, कम्तिमा ३८ जना वेपत्ता, पुरिएका शव निकाल्नै कठिन
प्रतिक्रिया दिनुहोस्