प्रतिमन १ लाख ३० हजारले विक्री भएको अलैंची २० हजारमा झर्‍यो • Image Khabar Image Khabar


प्रतिमन १ लाख ३० हजारले विक्री भएको अलैंची २० हजारमा झर्‍यो


Imagekhabar
२८ श्रावण २०७७, बुधबार ०९:३९

प्रतिमन १ लाख ३० हजारले विक्री भएको अलैंची २० हजारमा झर्‍यो

इलाम । अलैंचीको मूल्य निरन्तर ओरालो लाग्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् ।

पाँच वर्षअघि प्रतिमन रू १ लाख ३० हजारले विक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो ।

पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैंची खेति गर्न थालेपनि लकडाउनले मुल्यमा गिरावट आउन थालेपछि किसान मर्कामा परेका छन् ।

जिल्लाका किसानले उत्पादन गरेको नगदे बालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा अलैंची रहेको छ ।

सरकारले पनि अलैंची किसानलाई सिंचाइका लागि पाइप, हिउँदमा तुसारोबाट जोगाउनका लागि केही सहयोग गर्नुका साथै बिक्रिका लागि सहज बजार खोजिदिनुपर्ने किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्