काठमाडौं, जेठ ३० । त्रिवि सेवा आयोगले सार्वजनिक गरेको नतिजा सच्याउनुपर्ने माग गर्दै अनशनमा बसेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीनिकट विद्यार्थी संगठनका मागमा विभिन्न सात विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन् ।
त्रिवि सेवा आयोगअगाडि रिले अनशनमा बसेका उनीहरुले सेवा आयोग खारेज हुनुपर्ने, पुनः परीक्षा सन्चालन गर्नुपर्नेलगायतका माग राखी विगत २५ दिनदेखि अनशनमा छन् ।
सरकारले माग सम्बोधनमा बेवास्ता गरे थप आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।
सेवा आयोगले प्रकाशन गरेको नतिजामा आफ्ना आफन्तकोमात्र नाम निकालेको भन्दै विरोध भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्