एक जार पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ • Image Khabar Image Khabar


एक जार पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ


Imagekhabar
२६ श्रावण २०७७, सोमबार १९:४४

एक जार पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ

काठमाडौं, साउन २६ । सरकारले प्रशोधित पानीको खुद्रा मूल्य तोकेको छ ।

प्रशोधित पानीको जार तथा बोटलको पानीको मूल्य निर्धारण कार्यदलको सिफारिस अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ लिटर प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकेको हो ।

विभागले १ लिटर बोटल प्रति कार्टुन वितरक मूल्य १३० रुपैयाँ तोकेको छ ।

यस्तै, एक जार प्रशोधित पानीको अधितम खुद्रा मूल्य ५० रुपैयाँ र वितरक मूल्य ३५ रुपैयाँ तोकिएको विभागले जनाएको छ ।

विभागले आगामी भदौ १ गते देखि लागू हुने गरी उपत्यकाका काठमाण्डौ, ललिपुर र भक्तपुर तथा काभ्रे गरी चार जिल्लामा उत्पादन हुने प्रशोधित पानीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

पसलेहरुले अहिले एक बोटल पानीको २५ रुपैयाँसम्म पनि लिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्