 
	    गृष्मा राजभण्डारी (ईमेज)
काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शव र घट्नाका बारेमा प्रहरीले सुक्ष्म अध्ययन सुरु गरेको छ ।
गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव सुटकेसमा फालिएको अवस्थामा फेला परेको हो । शव टुक्रा भएको अवस्था भेटिएको बताइएको छ ।
टाउको र खुट्टा बिनाको शव सुटकेशमा फेला परेपछि कुकुरको सहायतामा शव फेला परेको केही स्थानबाट सय मिटर अगाडी फेला पारको हो ।
आइतबार बिहान करिब ३ बजेतिर दुई अज्ञात व्यक्ति सोही स्थानमा देखा परेको यद्यपी शव फालिएको भनेपछि मात्रै थाहा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् ।
फेला परेको शव अन्दाजी ४५ बर्षीय व्यक्तिको भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे छानविन गरिरहेको छ ।
शवको पहिचान गर्न समस्या भइरहेको छ । कसैले हत्या गरेर शव फालेको अनुमान पनि गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्