
ताप्लेजुङ । ताप्लेजुङमा दाजुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मेरिङ्देन गाउँपालिका– ५ थुकिमाका ६२ बर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाई पेम्बा शेर्पा र नाताले भतिजी पर्ने पाशाङ ल्हामु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको हत्या आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले हत्या गरेको स्वीकार गरेका छन् ।
अदालतबाट म्याद थप गरि ज्यान सम्बन्धि कसुर मुद्धामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्