श्रीलंकाको चुनावमा महिन्दा राजापाक्षको पार्टीको ठूलो जित • Image Khabar Image Khabar


श्रीलंकाको चुनावमा महिन्दा राजापाक्षको पार्टीको ठूलो जित


Imagekhabar
२३ श्रावण २०७७, शुक्रबार ११:४९

srilanka rajapakshya prliament election

एजेन्सी, साउन २३ । श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशमा सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जित भएको घोषणा गर्नुभएको छ ।

यो जीतसँगै उहाँका भाइ महिन्दा राजापाक्षलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । महिन्दा नै गत नोभेम्बरदेखि कार्यवाहकको भूमिकामा हुनुहुन्छ ।

श्रीलंकाको आम निर्वाचनमा राजापाक्ष परिवारको श्रीलंका पिपुल्स फ्रन्टले दुई तिहाई सीटमा जीतेको छ ।

पार्टीले कुल २२५ मध्ये १४५ सिट जितेको हो । पाँच सिट भने श्रीलंका पिपुल्स फ्रन्टको सहयोगी पार्टीले जितेको छ ।

श्रीलंकामा श्रीलंका पिपुल्स फ्रन्टले ९ महिना पहिले राष्ट्रपति चुनाव जितेर गोटब्या राजापाक्ष राष्ट्रपति बननुभएको थियो ।

त्यहाँ बुधबार मदतान भएको हो । बिहीबार थालिएको मतगणनाको परिणाम शुक्रबार बिहान आधिकारिक रुपमा सार्वजनिक गरिएको हो ।

श्रीलंकाको राजनीतिमा दुई दशकदेखि विवादित राजापाक्ष परिवारको दबदबा रहँदै आएको छ ।

श्रीलंकाको गृहयुद्धमा लिट्टेलाई धूलिसात् पारेर महिन्दा राजापाक्षले आफ्नो सत्ता बलियो बनाउनुभएको थियो ।

उहाँ सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति रहिसक्नु भएको छ ।

लिट्टे सञ्चालित गृहयुद्ध अन्त्य गराउनेक्रममा ठूलो नरसंहारमा राजापाक्षको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्