
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर–६ थाङ्पालधापकी एक गर्भवतीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
गाँउपालीकाका विभिन्न स्थानमा पहिरोका कारण मोटर बाटो अबरुद्व भएपछि उन्लाई हेलिकोप्टर मार्फत उद्धार गरीएको हो ।
स्थानीय स्वास्थ्य चौकिमा भर्ना गरीएकी ३४ वर्षीय गर्भवती पासाङ लामालाई सुत्केरी गराउन नसकेपछी गाउँपालिकाको पहलमा सेनाको हेलिकोप्टरबाट काठमाडौ पठाईएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
यसअघि पनि गाँउपालीकाको पहलमा विकट भेगमा सुत्केरी हुन नसकेका महिलाहरुको हेलिकोप्टरमार्फत उद्वार गरीएको थियो ।
प्रतिक्रिया दिनुहोस्