
विराटनगर, जेठ ३० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले संघीय सरकारले प्रदेश सरकारलाई विनियोजन गरेको बजेटले संघीयता चल्न नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरस्थित कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले संघीय सरकारले संघीयताको मूल मर्म र भावना विपरित गएर प्रदेश सरकारलाई बजेट छुट्याएको प्रतिक्रिया दिए ।
संघीयता कार्यान्वयनको चरणमा रहेकाले संघीय सरकारले समग्र बजेटमध्ये छुट्याएको ९ प्रतिशत बजेटले संघीयता धान्न नसक्ने उाको भनाइ थियो ।
उनले प्रदेश सञ्चालनका लागी २० प्रतिशतभन्दा बढी बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्