रसायन भण्डारणको सुरक्षाप्रति विभिन्न राष्ट्रको चिन्ता • Image Khabar Image Khabar


रसायन भण्डारणको सुरक्षाप्रति विभिन्न राष्ट्रको चिन्ता


Imagekhabar
२२ श्रावण २०७७, बिहीबार १५:३४

रसायन भण्डारणको सुरक्षाप्रति विभिन्न राष्ट्रको चिन्ता

काठमाडौं, साउन २२ । लेबनानको राजधानी बेरुतमा गत मंगलबार भएको घातक रसायनिक बिस्फोटले संसारभर भएका रसायन भण्डारप्रति चिन्ता व्यक्त गरिएको छ ।

बेरुत बिस्फोटले अष्ट्रेलियामा मानव बस्ती नजिकै रहेका रसायनका ठूला भण्डारणको सुरक्षाको विषयमा चिन्ता बढ्न थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

केही अधिकारवादी संस्थाहरुले मानव बस्ती नजिकै राजधानी सिड्नीको उत्तरी क्षेत्रमा रहेका न्युकासलनमा रहेको बन्दरगाह शहरमा रहेको रासायनिक भण्डारणका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

उक्त स्थानमा ६ हजार देखि १२ हजार टनसम्म अमोनियम नाइट्रेट भण्डारण गरिएको बताइएको छ ।

साथै प्रत्येक वर्ष ४ लाख भन्दा बढी टन रसायनिक पदार्थ उत्पादन हुने बताइएको छ ।

लेबनानका प्रधानमन्त्री हसन दीबका अनुसार बेरुतमा २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेस ग्यास बिस्फोट भएको थियो ।

बेरुतमा भएको बिस्फोटले रसायन उत्पादन भण्डारणमा सावधानी अपनाउनुपर्ने र मानव बस्ती नजिकै यस्ता उत्पादन केन्द्र राख्न नहुने सरोकारवालाहरुले औल्याएका छन् ।

अमेरिका, बेलायत, रसिया र जापानलगायतका देशले बेरुत बिस्फोटले रसायन भण्डारणमा भएको त्रुटीले मानविय क्षति भएको औल्याएका छन् ।

यता अष्ट्रेलियाले आफ्नो देशमा भएका रसायनिक उत्पादन गर्ने उद्योगहरु सुरक्षित रहेको दावी गरेको छ ।

अष्ट्रेलियामा यसअघि सन् १९७२ मा भएको ग्यास बिस्फोटमा तीन जनाको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१४ मा ५० टन रसायनिक पदार्थ बोकेको ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्