सप्तरीमा कोरोनासंग मिल्दो लक्षण देखिएका तीनजनाको मृत्यु • Image Khabar Image Khabar


सप्तरीमा कोरोनासंग मिल्दो लक्षण देखिएका तीनजनाको मृत्यु


Imagekhabar
२१ श्रावण २०७७, बुधबार १७:३९

सप्तरीमा कोरोनासंग मिल्दो लक्षण देखिएका तीनजनाको मृत्यु

सप्तरी, साउन २१ । सप्तरीमा होम क्वारेन्टाइनमा बसिरहेका एकजना र अस्पताल भर्ना गरिएका दुईजना गरी तीनजनाको मृत्यु भएको छ ।

मृत्यु भएका तीनजनामा नै कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

रुपनी गाउँपालिका वडा नं. ५ का पुरुष, राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका वडा नं. ९ का ८० वर्षीय वृद्धको मृत्यु भएको हो ।

रुपनी गाउँपालिकाका मृतक पुरुष डेढ महिनाअघि मलेसियावाट फर्किएर होम क्वारेटाइनमा बस्दै आएका थिए ।

उनमा ज्वरो र दमको समस्या देखिएपछि गत मंगलवार राजविराजस्थित गजेन्द्रनारायण अस्पताल लगिएको थियो ।

त्यस्तै ७१ वर्षीय पुरुष र ८० बर्षिय पुरुषलाई ज्वरो र श्वासप्रश्वासकै समस्या भएर गत साउन १५ गते राजविरास्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्