अनलाइन कारोबार व्यवस्थित गर्न कार्यविधि ल्याइँदै • Image Khabar Image Khabar


अनलाइन कारोबार व्यवस्थित गर्न कार्यविधि ल्याइँदै


Imagekhabar
२० श्रावण २०७७, मंगलवार १९:४९

अनलाइन कारोबार व्यवस्थित गर्न कार्यविधि ल्याइँदै

काठमाडौं, साउन २० । अब घरमै बसेर अनलाइनबाट कारोबार गर्नका लागी इजाजत चाहिने भएको छ ।

कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो फेसबुक पेजमार्फत विज्ञापन गर्नका लागी पनि सो कम्पनी वाणिज्य विभागमा दर्ता भएको हुनुपर्नेछ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइनमार्फत हुने व्यापार-ई ट्रेडिङलाई औपचारीक कारोबारमा समावेश गर्नका लागी तयारी गरेको छ ।

विभागले अनलाईन कारोबार गर्नका लागि बनाएको कार्यविधि अनुसार अनलाइन मार्फत कारोबार गर्ने कम्पनी विभागमा दर्ता भएको हुनुपर्नेछ ।

विभागमा दर्ता नभई ई ट्रेडिङमा संलग्न कम्पनीलाई ५० हजार सम्म जरिवाना हुन सक्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताउनुभयो ।

कतिपय उत्पादक आफैंले पनि विक्रि गर्ने र बिचमा बसेर पनि अनलाईनका कारोबार गर्ने गरेका छन् ।

सोही अनुसार ई- ट्रेडिङ व्यवस्थित बनाउनका लागी कार्यविधि तयार गरेर संसदमा पठाएको जनाइएको छ ।

कतिपय अनलाईन प्रयोगकर्ताले लुकेर पनी अनलाईन बिजनेश गरिरहेको र ग्राहकहरु ठगिएको गुनासो आएकाले यसलाई व्यवस्थित बनाउन विभागले काम गर्ने महानिर्देशक सुवेदीले बताउनुभयो ।

अझै पनि कतिपय व्यक्ति तथा कम्पनीले अनलाईन मार्फत भ्रामक विज्ञापन गरेर उपभोक्तालाई झुक्याउने काम गरिरहेका छन् ।

यस्ता २० भन्दा बढि कम्पनीलाई विभागले कारबाही गरिसकेको पनि विभागले जनाएको छ ।

अन्य पनि थुप्रै अनलाइन कारोबारबाट ठगिएको भन्ने उपभोक्ताको गुनासो आएकाले ति कम्पनीबारे पनि नविभागले अध्ययन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्