दुई लाख घुससहित राजस्व अनुसन्धान अधिकृत पक्राउ


Imagekhabar
२० श्रावण २०७७, मंगलवार १७:२४

बुटवल, साउन २० । बुटवलमा दुई लाख घुससहित राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ परेका छन् ।

राना व्यापारीसँग घुस लिंदै गर्दा बुटवलबाट पक्राउ परेका हुन् ।

व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

राना र झा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्