Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


फेरि चुके सभामुख महरा


0
Shares

काठमाडौं, जेठ २७ । प्रतिनिधिसभाको बैठक सन्चालनमा बारम्बार गल्ती गर्दै आएका सभामुख कृष्णबहादुर महरा सोमबार फेरि चुकेका छन् ।

गुठी विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठकको सुरुमै अवरोध गरेको थियो ।

प्रतिपक्ष दलका प्रमुख सचेतक बालकृष्ण खाँणले गुठी विधेयकको विरोधमा सडकमा उत्रिएका सरोकारवालाहरुमाथि भएको प्रहरी दमनबारे गृहमन्त्रीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।

तर, सभामुख महराले प्रमुख प्रतिपक्षले ‘बैठक अघि बढ्न सक्दैन’ भन्दाभन्दै सत्तापक्षकी सांसद पम्फा भुसाललाई बोल्न समय दिए । जुन संसदीय परम्पराविपरीत हो ।

सभामुखको यस रवैयाको प्रमुख प्रतिपक्ष कांग्रेसलगायतले त विरोध गरेकै छन् । सत्तापक्षकै सांसदहरुले पनि परम्पराविपरीत भन्दै सभामुखले गल्ती गरेको बताएका छन् ।