रूपन्देहीबाट ९ लाख घुससहित दुईजना पक्राउ « Image Khabar


रूपन्देहीबाट ९ लाख घुससहित दुईजना पक्राउ


Imagekhabar
१९ श्रावण २०७७, सोमबार २०:४२

बुटवल, साउन १९ । रूपन्देहीको सैनामैनाबाट करिब ९ लाख घुससहित दुईजना पक्राउ परेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई स्रोत नखुलेको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेका उनीहरुलाई अख्तियार कार्यालय बुटवलको टोलीले स्रोत नखुलेको नगद रकम ३ लाख ४८ हजार र विभिन्न मितिमा बैंकमा रकम जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचरसहित नियन्त्रणमा लिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्