संखुवासभाको बेठि रोपाइँको रौनक • Image Khabar Image Khabar


संखुवासभाको बेठि रोपाइँको रौनक


Imagekhabar
१९ श्रावण २०७७, सोमबार १७:४६

संखुवासभाको बेठि रोपाइँको रौनक

इन्द्र गिरी (ईमेज)
संखुवासभा, साउन १९ । साउन घर्कीन लागि सकेको छ । संखुवासभाका कृषकहरुलाई खेतमा रोपाइँगर्न भ्याई नभ्याई छ ।

संखुवासभामा असार र साउन रोपाइँ गर्ने चलन छ । साउन रोपाइँको अन्तिम महिना भएका कारण पनि कृषकहरु बेठीलगाएर मैजारो गर्ने चटारोमाछन् ।

असार साउन मानो रोपेर मूरी उब्जाउने महिना हो किसानहरुकालागि । यति बेला किसानहरु खेतमा रोपाइँ सकेर मैजारो गर्ने हतारोमा देखिन्छन् ।

रोपाइँ सक्नै लाग्दा र मैजारो गर्ने लाग्दाको खुसीमा यसरी रौसीएकाछन् किसानहरु ।

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न र बेठी परम्परालाई संरक्षण गर्नकोलागि भए पनि ठुल –ठूला खेतमा यसरी बेठि लगाउने चलन छ संखुवासभामा ।

र्दुलभ रुपमा रहेको बेठिमा रौसीने र एक आपसमा हिलो छ्यापाछ्याप गर्दाको मज्जा बेग्लै हुन्छ ।

युवायुवती होस या बुढाबुढी हिलो चल्दा र हिलोमा डुबुल्की मार्दे एक आपसमा जिस्कदाको दृष्यको अर्के रौनक हुन्छ रोपाइँमा ।

जिस्कीने र चल्नेहरु चल्दाछन । रोपाई गर्ने रोपारहरु रोपी रहेका हुन्छन । चल्नु र रोपाइँ गर्नुको छुट्टै महत्तव छ बेठिमा ।

नौमती बाजाको तालमा तैरीदै किसानहरु दोहोरीसहितको बेठीरोपाइँमा रम्दा छुट्टै अनुभूति गर्न पुग्छन् ।

हिलो आली सकेर तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु र त्यहि अनुपातमा बाउसे, रोपाहारहरु अनि बाजागाजाको यस्तो टोली भएपछि मात्र बेठी रोपाइँको रौनक शुरु हुन्छ ।

दाँदे लाउने हली, हिलो सम्याउने बाउसे, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारहरुले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुन्छ ।

सिमेभूमेको पूजा गर्दे ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचगान गर्ने चलन छ ।

त्यसैले पनि असार साउन किसानहरुकोलागि बिशेष पर्वको रुपमा रहेको छ ।

एकातिर खेत रोपाइँ धमाधम भई रहेको छ भने अर्कोतर्फ थकाई र निन्द्रा नभनी यसरी रोपेको खेत बाढीका कारण बगरमा परिणत हुँदा किसानहरुको मन भने निकै कुडिएको छ ।

भारी वर्षाका कारण भलबाढीले भर्खर रोपेको खेतमा क्षति पु¥याए पनि पानी समयमै परेकाले जिल्लामा अहिले सम्म ८० प्रतिशत रोपाइँ सकीएको छ ।

तर, हौसीएर रोपाइँमा रमेका यहाँका किसानहरुका खेत बाढीले बगर झै बनाएपछि फेरी रोप्ने की त्यतिकै छाड्ने भन्ने दुबिधा भएको छ ।

प्रतिक्रिया दिनुहोस्