काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए


Imagekhabar
१९ श्रावण २०७७, सोमबार १६:५२

काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन १९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१८ जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । थपिनेमा काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा ३ सय ५८ जनाले कोरोना जितेर घर फर्केका छन् ।

हालसम्म निको भएकाको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ ।

२४ घण्टाको अवधिमा ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । हाल ५ हजार ७ सय ३२ जना आइसोलेसनमा रहेका छन् ।

१० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमले ६० वर्ष पुगेका वृद्धवृद्धा तथा १२ वर्ष मुनिका बच्चाबच्चीलाई घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

वृद्धवृद्धलाई कोरोना भएमा बचाउन गाह्रो हुने र बच्चाबच्ची सामाजिक दूरीमा बस्न नसक्ने भएकाले घर बाहिर ननिस्कन आग्रह गरिएको हो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्