मलेसियामा नेपाली सुरक्षा गार्ड कुटपिट प्रकरणः पिट्ने र पिटिने दुबै अबैध स्टाटसका नेपाली • Image Khabar Image Khabar


मलेसियामा नेपाली सुरक्षा गार्ड कुटपिट प्रकरणः पिट्ने र पिटिने दुबै अबैध स्टाटसका नेपाली


Imagekhabar
१९ श्रावण २०७७, सोमबार १६:०४

malaysia nepali police

काठमाडौं, साउन १९ । मलेसियामा कुटपिट गरिएका नेपाली सुरक्षा गार्ड र कुट्ने अर्का व्यक्ति पनि नेपाली नै भएको खुलेको छ ।

दुबै नेपाली भए पनि मलेसियामा भने उनीहरु अबैध रुपमा काम गरिरहेको पनि खुलेको छ ।
कपिलवस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेको खुलासा भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको हो ।

हुसेनलाई उराउले कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि मेलेसियासिथत नेपाली दूतावासले स्थानीय प्रहरीसँग मिलेर घटनाको छानबिन गरेको थियो ।

दूतावासका अनुसार पीडित र पीडक दुबै जना मलेसियामा अवैध कामदारका रुपमा बसिरहेको पाइएको छ ।

जुलाई ३१ तारिखमा नेपाली सेक्युरिटी गार्डमाथी कुटपिट भइरहेको भिडियोबारे जानकारी प्राप्त भए लगत्तै मलेसियामा सेक्युरिटी गार्ड उपलब्ध गराउने कम्पनीहरुको छाता संगठनलाई सत्यतथ्य बुझ्न अनुरोध गरिएको दूतावासले जनाएको छ ।

घटना जुलाई ७ को विहान क्वालालाम्पुरस्थित एम ३ महलमा भएको थियो । पीडक भनिएका उराउ, हुसेनका सुपरभाइजर हुन् ।

यसबारे मलेसिया प्रहरीले थप अनुसन्धान गरिरहेको दूतावासले विज्ञप्ति निकाली जनाएको छ ।

मलेसियामा नेपाली सुरक्षा गार्ड कुटपिट प्रकरणः पिट्ने र पिटिने दुबै अबैध स्टाटसका नेपाली
प्रतिक्रिया दिनुहोस्