
काठमाडौं । भारतको केन्द्र सरकारका गृहमन्त्री अमित साहलाई कोरोना संक्रमण भएको छ ।
भारतीय जनता पार्टीका पूर्व अध्यक्षसमेत रहेका मोदी सरकारका शक्तिशाली मन्त्री साहले ट्विटमार्फत् आफूलाई कोरोना देखिएको सार्वजनिक गरेका हुन् ।
कोरोनाका लक्षणहरु देखिन थालेपछि मन्त्री साहले परीक्षण गराएका थिए । परीक्षणका क्रममा पोजिटिभ देखिएपछि गृहमन्त्री साह अस्पताल भर्ना भएका छन् ।
साहले केही दिनको अवधिमा आफूसँग सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई कोरोना परीक्षण गराउनसमेत आग्रह गरेका छन् ।
कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचारपछि घर फर्किएका छन् । उनले अस्पतालमा रहँदा उपचार संलग्न सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्