कैलालीका बाढी पीडित पाँच दिनदेखि भोकै - Image Khabar
Everest Bank

कैलालीका बाढी पीडित पाँच दिनदेखि भोकै

विराज रोस्यारा (ईमेज)
कैलाली, साउन १८ । कैलालीको दक्षिण क्षेत्रका बाढी प्रभावित क्षेत्रका स्थानीयले पाँच दिनदेखि खाना खान नपाएको गुनासो गरेका छन् ।

बाढी अझै पूर्णरुपमा नघटेकाले प्रभावितहरु भोक भोकै बस्न बाध्य भएका हुन ।

जिल्लाका विभिन्न स्थानीय तहका बाढी पीडितहरुले स्थानीय तहर केही संघ संस्थाले दिएको बिस्कुट, चाउचाउ र पानीको भरमा मात्रै उनीहरु गुजारा गरिरहेका छन् ।

घरमा भएको अन्नपात सबै बाढी बगाएको र बाँकी रहेको पनि पानीले भिज्दा कुहिएकाले छाक टार्नै मुस्किल भएको उनीहरुको गुनासो छ ।

स्थानीयले बिस्थापित भएको करीव एक हप्ता पुग्न लाग्दा पनि कुनै निकाय राहतका नआएको बताएका छन ।

बाढीले जिल्लाको विभिन्न स्थानीय तहका ६ हजार ३ सय २० घरपरिवार प्रभावित भएका थिए । प्राभावित मध्य केही परिवार बाढी घटेपछि आफ्नो घर फर्केपनि अझै अधिकांश परिवार हुलाकी सडकमा त्रिपाल मुनि बसिरहेका छन् ।

उनीहरुले बाढीले बिस्थापित भएपछि लगातार वर्षा भइरहेको पनि कुनै निकायले बस्नको लागि व्यवस्था नगर्दा खुल्ला आकासमुनी रात बिताउनु परेको गुनासो गरेका छन् ।

बाढी प्रभावित सबैको उद्धार कार्यलाई पहिलो प्राथमितामा राखेकाले सुख्खा खानाबाहेक सुरुमा अरु ब्यवस्था गर्न नसकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिकामा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ घरपरिवार प्रभावित भएका थिए ।

झण्डै दुई हजार ५०० परिवार विस्थापित भएका छन् ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्