
काठमाडौं, असार ३१ । इजरायलले गाजा क्षेत्रमा हवाई तथा रकेट आक्रमण गर्दा दुई जना मारिएका छन् ।
अरु १२ जना घाइते भएका छन् । गाजा क्षेत्रबाट प्यालेष्टाइनीले ९० भन्दा बढी रकेट प्रहार गरेपछी इजरायलले जवाफी कारबाही गरेको हो ।
हमासको सैनिक मुख्यालय र प्रशिक्षण केन्द्रलाई निशाना बनाइएको इजरायली सेनाले जनाएको छ ।
सन् २०१४ पछी इजरायलले प्यालेष्टाइनी क्षेत्रमा गरेको यो सबैभन्दा ठूलो कारबाही हो ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेष्टाइनीमाथि आक्रमण जारी नै रहने प्रतिक्रिया दिएका छन् ।
हमासको रबैया ठीक नभएको भन्दै उनले हमासलाई इजरायलको सामना गर्न मुस्किल पर्ने चेतावनी दिएका हुन ।
इजरायलतर्फ भने एक घर ध्वस्त हुँदा तीन जना घाइते भएका छन् ।(एजेन्स)
प्रतिक्रिया दिनुहोस्