Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीेद्धारा शपथग्रहण


0
Shares

हेटौँडा, साउन १६ । मकवानपुरको हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई शुक्रबार पद तथा गोपनियताको शपथ गराइएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा गत साउन १४ गते बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरिएका प्रा. डा. विश्वराज जोशीलाई शुक्रबार सामाजिक विकास मन्त्री युवराज दुलालले नियुक्ति पत्र प्रदान गर्नुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

हाल हेटौँडा अस्पताल एक सय शैयाको सञ्चालन भइरहेको र थप भवन निर्माण सम्पन्न भएपछि तीन सय शैया पु¥याएर मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।