बालुवाटारबाट आन्दोलनकारी पक्राउ • Image Khabar Image Khabar


बालुवाटारबाट आन्दोलनकारी पक्राउ


Imagekhabar
१६ श्रावण २०७७, शुक्रबार १६:३२

baluwatar

काठमाडौं, साउन १६ । ‘पीसीआर’ परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने माग राख्दै शुक्रबार बालुवाटारमा आन्दोलन गरेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

‘इनफ इज इनफ’ अभियानका युवाहरुले नारा लगाउँदा निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपश्चात् प्रहरीले ५२ जना युवाहरुलाई पक्राउ गरेको हो ।

‘मोतियाविन्दु हाम्रो आँखामा होइन, तपाइँको आँखामा लागेको हो स्वास्थ्यमन्त्रीज्यू’, ‘कोरोना रोकथाममा लापरबाही गर्न पाइँदैन’जस्ता नारा उनीहरुले लगाएका थिए ।

प्रहरीले रन्जु दर्शना, ज्ञानेन्द्र शाहीलगायतका युवाहरुलाई बालुवाटार र भाटभटेनीवाट पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्