Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


धर्म परिवर्तनले राष्ट्रिय पहिचान र एकतामा नै संकट आउने चेतावनी


0
Shares

बाग्लुङ, जेठ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताका नाममा भइरहेको धर्म परिवर्तनले नेपालको राष्ट्रिय पहिचान र एकतामा नै संकट आउने चेतावनी दिएका छन् ।

पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत् शनिबार बाग्लुङमा आयोजित सभामा उनले धर्मनिरपेक्षताको आडमा हुने तीव्र धर्म परिवर्तनले देशलाई गम्भीर संकटमा लैजाने दाबी गरे ।

वि.सं. २०६२/६३ सालपछि सुरु गरिएको राजनीतिक अभ्यासले देशमा गरिबी र बेरोजगारीको समस्या झन् विकराल बनेको उनको भनाइ थियो ।

स्थानीय तहदेखि केन्द्रसम्म राजनीतिक दल, प्रशासनिक क्षेत्रका व्यक्ति र व्यापारीहरुको त्रिकोणात्मक सम्बन्धबाट भ्रष्टाचारलाई टेवा पुगेको अध्यक्ष थापाले आरोप लगाए ।

लोकतन्त्रका नाममा लुटतन्त्र बढिरहेको भन्दै उनले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक, संवैधानिक अंगहरुमा राजनीतिक नियुक्ति हुनेजस्ता पछिल्ला घटनाक्रमहरुले देशमा सर्वसत्तावादको संकेत देखापर्न थालेको टिप्पणी गरे ।