विराटनगरका कोरोना संक्रमितको धरानमा मृत्यु • Image Khabar Image Khabar


विराटनगरका कोरोना संक्रमितको धरानमा मृत्यु


Imagekhabar
१४ श्रावण २०७७, बुधबार १९:४९

coronavirus

सुनसरी, साउन १४ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

विराटनगरको कोभिड अस्पतालमा उपचाररत् उनको अवस्था गम्भीर भएपछि धरान ल्याइएको थियो ।

योसँगै नेपालका कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्