काठमाडौं, असार ३१ । नेपाली कामदारलाई यथाशक्य छिटो ल्याउने वातावरण बनाउन रोजगारदाताले मलेसियन सरकारलाई दबाब दिएका छन् ।
नेपालले जेठ पहिलो सातादेखि नै मलेसियामा कामदार पठाउन रोक लगाएको छ ।
मलेसियामा सक्रिय रोजगारदाताको संगठनले गृह र मानव शंसाधन मन्त्रीलाई भेटी नेपाल सरकारसँग छलफल गरेर मलेसियामाथि लगाइएको रोक हटाउन दबाब दिएको हो ।
सुरक्षा गार्ड आपूर्ति गर्ने झन्डै ७ सय रोजगारदाताको छाता संगठन ‘पीपीकेके एम’ को अग्रसरतामा बिहीबार पुत्रजयस्थित गृह मन्तालयमा दुई घन्टा धर्ना दिएको थियो ।
बैदेशिक रोजगार ब्यावसायी संघले नेपाल सरकारले श्रम स्वीकृतिमा रोक लगाउनुको कारणबारे मलेसियाका रोजगारदातालाई आधिकारिक जानकारी दिएपछि उनीहरुले आफ्नो सरकारलाई दबाब दिएका हुन । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्