२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बेनी-जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने


0
Shares

म्याग्दी, साउन ११ । गत असार ४ र ५ गतेको भीषण वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको बेनी जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने भएको छ ।

पहिरोले मुस्ताङ जिल्ला पुग्ने एक मात्र सडक विगत १८ दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन ।

यातायात सञ्चालन नहुँदा मुस्ताङको जनजीवन प्रभावित भएको छ ।

अबरुद्ध सडक खुलाउन स्थानीय प्रविधि र जनशक्तिले सम्भव नहुनेहुँदा संघीय सरकारसंग पहल भैरहेको बताईएको छ ।

म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्म एक दर्जन भन्दा बढी साना ठूला पहिरो गएको कालीगण्डकी करिडोर आयोजना प्रमुख अशोक तिवारीले बताउनुभयो ।