समय : बिहान ११स्४५ बजे
अस्पताल : कीर्तिपुर अस्पताल
बेड : क्याबिनको बेड नम्बर ३
काठमाडौं । शनिबार बिहान ११स्४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको बेड नम्बर ३ मा थलिएकी थिइन् । लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेरमा उनका लागि एसिड दुस्मन बन्यो ।
क्याबिनमा रहेकी उनले टाउको हल्लाउँदै भनिन्, ‘ठिकै छ, सन्चो त होला नि रु’ उनलाई दुखाइ कम गर्ने औषधि खुवाइएको थियो । उनको घाँटी, दाइने हात र दाइने गालामा एसिडको असर परेको थियो । आँखामाथि एसिडको असर प्रस्टै देखिन्छ । अस्पताल प्रशासनअनुसार उनलाई बर्न वार्डबाट क्याबिनमा सारिएको हो ।
‘यस्तै छु म बुझ्नै गाह्रो, जसले बुझ्छ उसकै प्यारो,’ पवित्राले सामाजिक सञ्जालको प्रोफाइलमा लेखेकी छन् ।
राजधानीकर्मी अस्पतालको क्याबिनमा पुग्दै गर्दा भर्खरै पवित्राको ड्रेसिङ गरिएको थियो । आमा, दिदी र भिनाजु पवित्राको अनुहार हेरेर न्यायको खोजी गरिरहेका थिए । पवित्राकी आमा सीता कार्कीले भनिन्, ‘जसले एसिड छ¥यो, उसले मेरी छोरीको जिन्दगी बर्बाद पारिदियो ।’
उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र जेल सजाय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘धेरै नाजुक छ छोरीको अवस्था । त्यसलाई एसिड छरेपछि पोल्छ कि पोल्दैन, भन्नुस् त । नानीलाई पोलेको जसरी एसिड छर्नेलाई दुख्छ कि दुख्दैन ।’
पवित्राका भिनाजु देउकर भट्टराईले भने, ‘अहिलेसम्म अस्पतालमा १० हजार रुपैयाँ जम्मा गरेका छौं । आफैं खर्च गरेका छौं । योजनाबद्ध रूपमा एसिड आक्रमण गरिएको हो । पवित्राको घाउ फैलिँदै गएको छ । पवित्राको कपाल काटिएको छ ।’ उनले भोड्काको बोतलमा एसिड राखेर पवित्रामाथि प्रहार भएको बताए । -राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्