पोखरा, जेठ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा र नेत्रविक्रम चन्द नेतृत्वको समूह अट्न सक्नेगरी गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वराजा र चन्द नेतृत्वको समूहलाई मूल राजनीतिक धारमा ल्याउने गरी गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।
उनले नयाँ संविधान बनेपछि पनि शान्ति र स्थिरता आउन नसकेको भन्दै सबै शक्तिलाई राजनीतिको मूलधारमा ल्याउने समय आएको जिकिर गरे ।
अध्यक्ष थापाले असन्तुष्ट समूहहरुले देशमा विखन्डन ल्याउनसक्ने भन्दै दिगो शान्ति र स्थिरताका लागि ठूला दलहरु अगाडि बढ्न जरुरी रहेको बताए ।
ठूला राजनीतिक दल संस्थागत भ्रष्टाचारमा लागेर ब्रह्मलुट मच्चाइरहेको आरोपसमेत उनले लगाए ।









प्रतिक्रिया दिनुहोस्