
ध्रुव भट्टराई (इमेज)
विराटनगर, असार ३० । नेपाल आयल निगमले प्रदेश नम्बर–१ अन्तर्गतका सबै पेट्रोलियम पदार्थ ढुवानी ट्यांकरहरुमा सुरक्षात्मक ‘लकिङ’ प्रणाली लागू गरेको छ ।
शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी सबै इन्धन ढुवानी ट्यांकरहरुमा आधुनिक ताला प्रणाली लगाउने कार्यको सुरुआत गरिएको हो ।
इन्धन चुहावट र गुण नियन्त्रणको विषयमा निगमले आलोचना खेप्दै आएको छ । यसमा सुधार गर्न लकिङ प्रणाली सुरु गरिएको हो ।
प्रदेश–१ अन्तर्गत् चालू अवस्थामा रहेका ३२० ट्यांकरमा यो प्रणाली जडान गरिएको छ ।
भारतीय आयल कर्पोरेसनबाट ‘लक’ भएर आएका ट्यांकरहरु मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्तरुपमा लक खोलेर उद्घाटन गरेका थिए ।
कम्प्युटर प्रणालीबाट तयार पारेको तालाको ‘मास्टर की’ भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमसँग रहनेछ ।
प्रतिक्रिया दिनुहोस्