गैँडा मार्ने तस्करलाई उन्मुक्ति: निकुञ्जमा घुँगी टिप्ने चेपाङ युवालाई कुटी-कुटी मारियो • Image Khabar Image Khabar


गैँडा मार्ने तस्करलाई उन्मुक्ति: निकुञ्जमा घुँगी टिप्ने चेपाङ युवालाई कुटी-कुटी मारियो


Imagekhabar
१० श्रावण २०७७, शनिबार ०६:१४

गैँडा मार्ने तस्करलाई उन्मुक्ति: निकुञ्जमा घुँगी टिप्ने चेपाङ युवालाई कुटी-कुटी मारियो

चितवन । साह्रै नरमाइलो खबर, गैंडा मार्नेहरू यो देशमा करोडपति भएका छन्, निकुञ्जभित्र घुँगी टिप्ने विपन्न चेपाङ युवालाई भने सेनाले कुटी–कुटी मारेको छ ।

चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय युवा मारिएको विषयमा चेपाङ समुदाय आन्दोलित छ ।

दोषीलाई कारबाही गर्नुको सट्टा सरकारले पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्तिको प्रस्ताव गरेको छ । तर, चेपाङहरू भने परिवारले न्याय नपाएसम्म शव नउठाउने अडानमा छन् ।

अनाहकमा युवा मारिएको विषयमा विरोध गर्न चेपाङ समुदायका अगुवाहरू बिहीबार र शुक्रबार लगातार भरतपुरस्थित सिडिओ कार्यालय आएका थिए ।

शुक्रबार दिनभर पनि सिडिओसँग वार्ता भयो, असफल वार्ताको विवरण समेटेर मैले काठमाडौं डेस्कमा समाचार पनि फाइल गरिसकेको थिएँ ।

तर, मृतकका बाबुआमा र श्रीमती जो भरतपुर आउन सकेनन्, सिडिओको अगाडि बोल्न पाएनन्, उनीहरूको आवाज सरकारसम्म कसरी पुर्‍याउने रु डेस्कको प्रश्न थियो । निर्देशन आएपछि साँझ नै म मोटरसाइकल चढेर चेपाङबस्तीतिर गएँ ।

म चेपाङबस्ती पुग्दा राति ९ बजिसकेको थियो । राजकुमारको घर पुगेँ । रको नाममा वास मात्रै थियो, टिनको छाप्रो । रातिमा को आयो फेरि ? सरकारको मान्छे होला भनेर सुरुमा उनीहरू बोल्न डराए ।

तर, मैले आफ्नो परिचय दिएर विश्वासमा लिएँ । त्यसपछि उनीहरू बोल्न थाले । बोल्नु के थियो, रुन थाले । यो कुनै दुर्घटना होइन, अत्याचार हो, अत्याचारका विरुद्ध आँसु होइन, आवाज चाहिन्छ, हामी सबै बोल्नुपर्छ भनेपछि आमा आइतीमायाले कथा सुरु गरिन् । -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्