पुल मर्मतपछि मौवाखोलामा चल्नथाले साना सवारी • Image Khabar Image Khabar


पुल मर्मतपछि मौवाखोलामा चल्नथाले साना सवारी


Imagekhabar
९ श्रावण २०७७, शुक्रबार १८:३६

पुल मर्मतपछि मौवाखोलामा चल्नथाले साना सवारी

धादिङ, साउन ९ । अविरल वर्षापछि आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गमा सवारी साधन गुड्न थालेका छन् ।

बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरी साना सवारीसाधन चल्न थालेका हुन् ।

सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्णरुपमा ठप्प भएको थियो ।

धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड सोमबारदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो ।

पुल मर्मतको काम चलिरहेपनि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्