बाढीपहिरोका कारण देशका राजमार्गहरु अस्तव्यस्त, सय बढी सडक क्षतिग्रस्त, यात्रुहरु मारमा • Image Khabar Image Khabar


बाढीपहिरोका कारण देशका राजमार्गहरु अस्तव्यस्त, सय बढी सडक क्षतिग्रस्त, यात्रुहरु मारमा


Imagekhabar
९ श्रावण २०७७, शुक्रबार १०:३०

बाढीपहिरोका कारण देशका राजमार्गहरु अस्तव्यस्त, सय बढी सडक  क्षतिग्रस्त, यात्रुहरु मारमा

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका चार राजमार्गमा बढी क्षति पुगेको छ । देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा प्रभावित भएको छ ।

वर्षा शुरु भएपछि यी सबै राजमार्गमा एक सय भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएका छन् जसमा केही सडक खुलेका छन् भने केही खुल्न अझै समय लाग्ने बताइएको छ ।

सडक विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएको र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक बिभागका अधिकृत लगायतको टोली सडक अनुगमनका लागि मौवाखोला पुगेका हन् ।

यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् ।

उता बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएका कारण सडक अवरुद्ध भएको छ ।

भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन नभएको सडक विभागले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्