Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


राजधानीमै युवतीमाथि एसिड प्रहार


0
Shares

काठमाडौं । राजधानीको सितापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बिहीबार साँझ घरबाट सामान किन्न भदै पसल निस्कीएकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो । उहाँको अनुहारमा एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले घरबाट पसल निस्किने बित्तिकै युवतीमाथी पछाडिबाट एसिड प्रहार भएको बताउनुभयो ।

उहाँले गाला र घाँटीमा एसिडको असर परेको पनि जानकारी दिनुभयो । महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी निरन्जन भट्टका अनुसार उहाँको ओखलढुंगा स्थायी घर हो ।

उहाँ सितापाइलामा दिदीसँग कोठा भाडामा बस्दै आउनुभएको थियो । उहाँका अनुसार एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

उहाँलाई एसिड प्रहार लगत्तै उपचारका लागि स्वयम्भुमा रहेको मनमोहन अस्पतालमा पुर्याइए पनि त्यहाँबाट किर्तिपुर अस्पताल लगिएको छ । राजधानी दैनिकबाट