उदयपुरका हाट बजार संचालन हुन थाले, बजारमा भीडभाड बढ्यो • Image Khabar Image Khabar


उदयपुरका हाट बजार संचालन हुन थाले, बजारमा भीडभाड बढ्यो


Imagekhabar
८ श्रावण २०७७, बिहीबार १२:१८

उदयपुरका हाट बजार संचालन हुन थाले, बजारमा भीडभाड बढ्यो

–केदार कटुवाल/ ईमेज
उदयपुर । लकडाउन खुलेसँगै उदयपुरका साप्ताहिक हाट बजार संचालन हुन थालेका छन् ।

कोरोना संक्रमणको त्रास कायम हुँदासमेत बजारमा भीडभाड बढ्न थालेको हो ।

उदयपुरका कटारी, गाईघाट, मुर्कुची, बेलटार र रामपुरलगायतका प्रमुख बजार खुल्न थालेका छन् ।

बजार खुलेसँगै भोजपुर, खोटाङ, ओखलढुंगा, सिराहा, सप्तरी र सुनसरी जिल्लाका ब्यापारीहरुको चहल पहलसमेत बाक्लिएको छ ।

बजार खुलेसंगै उदयपुरको पुर्वी भेगमा भने कोरोना समुदायस्तरमै फैलिएको आशंका गरिएको छ ।

पछिल्लो समय बेलका नगरपालिकामा २ वर्षीया बालिकादेखि ७० वर्षीया हजुरआमासँगै एकै परिवारका चार जनासहित ८ जनामा कोरोना पुष्टि भएको छ ।

उनीहरु सबैको कोभिड १९ अस्पताल धरानमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले उदयपुरमा कोरोना संक्रमितको संख्या ८५ पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्