
काठमाडौं, असार ३० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।
सिंहदरबारमा शनिबार बसेको राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मतरुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
शनिबारको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उनले जानकारी दिए ।
बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसदमा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्