 
	    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपराधिक गतिविधि बढिरहेका केही राज्यहरुमा संघीय सुरक्षाबल तैनाथ गर्ने निर्णय गर्नुभएको छ ।
अमेरिकाको न्युयोर्क, फ्लोरिडा, लस एन्जलस र मिलवाकी शहरहरुमा बन्दुक आतंक बढेपछी ट्रम्पले यो निर्णय गरेको बुझिएको छ ।
ओरेगन राज्यको पोर्टल्याण्ड शहरमा तैनाथ गरिएको संघीय सुरक्षाबलका कारण त्यहाँ हुने गरेको प्रर्दशन झनै उत्तेजक बनेको आरोप लागिरहेको छ ।
आलोचकहरुले राष्ट्रपति ट्रम्पले आफनो चुनावी अभियानमा सहयोग पु¥याउने उद्देश्यले यो निर्णय गरेको टिप्पणी गरेका छन् ।
गत २५ मेमा जर्ज फ्लोइडको मृत्यु प्रकरण पछी जारी प्रदर्शन र हिंसाका कारण जारी प्रदर्शन अहिले पनि मत्थर नभएको अवस्थामा ट्रम्पको यो निर्णय सार्वजनिक भएको हो ।
ट्रम्पले आफ्नो चनावी प्रत्यासी जो बाईडेन र उहाँको दल डेमोक्रेटिकको पकड क्षेत्रलाई निशाना बनाएर संघिय सुरक्षाबल तैनाथी गरेको आरोप लागिरहेको छ ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्