घुससहित सबइञ्जिनियर भट्ट नियन्त्रणमा « Image Khabar


घुससहित सबइञ्जिनियर भट्ट नियन्त्रणमा



काठमाडौं, साउन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनियर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो ।

सबइञ्जिनियर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । रासस