Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


पुष्पलाललाई सम्झिँदै खनाल र नेपालको ओलीमाथि प्रहार


0
Shares

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा नेकपाका नेताहरुले पुष्पलालाई स्मरण गर्दै पार्टीलाई विधि, पद्धतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सुखी बनाउन यतिबेला एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

एक वक्तव्य जारी गर्दै उहांले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताउनुभएको हो ।

सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दै आएको दावीसमेत गर्नुभएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको भन्दै समाजवादको लक्ष्यमा अघि बढ्नु नै पुष्पालालप्रति सम्मान हुने बताउनुभयो ।

त्यस्तै अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने पुष्पलालको मान्यतालाई दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्ने बताउनुभएको छ ।