Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


मंगलबार निष्कर्षविहीन भएको नेकपाको सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायतका विषयमा छलफल हुने छ ।

यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन भएको थियो । केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो ।

आज बस्ने बैठकमा थप छलफल गरी आवश्यक निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले जिल्ला ईञ्चार्ज र सहईञ्चार्जको विषयमा पनि छलफल हुने बताए ।