Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्छौः यातायात व्यवसायी


0
Shares

public transport

काठमाडौं, साउन ६ । सार्वजनिक यातायात साउन ८ गते विहीबारदेखि सञ्चालन गर्ने यातायात व्यवसायीले जानकारी दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

विहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने उनीहरुले जानकारी दिए ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै गाडी चलाएका थिएनन् ।

मंगलबार भने पत्रकार सम्मेलन गर्दै महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको जानकारी दिएको हो ।

मंगलबार राजधानीमा एक कार्यक्रम गरी साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन्।

सरकारले छोटो दुरीका मात्र सवारी साधन चलाउने निर्णय गरे पनि व्यवसायीले भने लामो दूरीका गाडी पनि चलाउने निर्णय गरेका हुन् ।

यातायात व्यवसायी र सरकारले सोमबार राजधानीलगायत सबै स्थानमा यातायात सेवा सञ्चालन गर्ने सहमति गरेका थिए ।