Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


विशिष्टीकृत लगानी कोष नियमावली लागू


0
Shares

काठमाडौं, साउन ५ । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष (प्रथम संशोधन) नियमावली, २०७७ लागू गरेको छ ।

विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गर्न साविकको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ मा प्रथम संशोधन गरी अर्थ मन्त्रालयको स्वीकृति लिई यही श्रावण १ गते देखि लागू गरेको बोर्डले जनाएको छ ।

विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने लगायतका व्यवस्था नियमावलीमा गरिएको बोर्डले जनाएको छ ।

नियमावलीको संशोधनका व्यवस्थाहरुले पूँजी बजारमा विदेशी कोष र लगानीलाई भित्र्याउन सहज गर्न सक्ने वोर्डको अपेक्षा गरेको छ ।

Skip This